×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अनमोलको ‘क्याप्टेन’ पाइरेसीको शिकार

२४ फाल्गुन २०७५

काठमाडौँ, फागुन २४
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ पाइरेसी भएको छ ।  फिल्मलाई युट्युबमा ‘प्रेम किंग चान’ नामक एक युट्युब च्यानलबाट हलमा फिल्म हेर्दै गर्दा मोबाइलबाट खिचिएको पूरा फिल्म दुई दिन अगाडि अपलोड गरिएको छ ।

फिल्म हेर्ने दर्शकको संख्या भने कम नै छ तर पाइरेसी भएको यो फिल्म विस्तारै डाउनलोड र सामाजिक सञ्जालमा भाइरल हुने देखिएको छ ।
बलियो कानुन नहुँदा फस्टाईरहेको अनलाइन पाइरेसीको मारमा ‘क्याप्टेन’ पनि परेको हो ।

Advertisement
Advertisement

बिशेषतः प्रदर्शन भईरहेका फिल्म एक्कासी अनलाइनबाट पाइरेसी हुँदा निर्माताले लाखौंको घाटा बेहोर्नु पर्ने अवस्था हुन्छ । यसअघि प्रदर्शनरत अवस्थामा ’बाटो मुनिको फूल’, ’छड्के’, ’ड्रिम्स’, ’छक्का पञ्जा’ लगायत थुप्रै फिल्म अनलाइन पाइरेसी भएका थिए ।

शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन सुरु गरेको ‘क्याप्टेन’ पाइरेसी भएपछि अब त्यसको प्रत्यक्ष असर अन्तर्रा्ष्ट्रिय बजारमा पुग्नेछ । फिल्मले पहिलो हप्ता राम्रो व्यापार गरेको थियो । नेपालका प्रतिक्षीत फिल्महरु पाइरेसी हुँदै आएको रिपोर्ट छ ।अर्काको सम्पति अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ ।

Advertisement

‘क्याप्टेन’ फुटबलरको कथामा आधारित भएर निर्माण भएको फिल्म हो । यसमा अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । दीवाकर भट्टराई निर्दे्शित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । यसमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top