विराटनगरको रानी क्षेत्रमा सरसफाई

विराटनगरको रानी क्षेत्रमा सरसफाई

विराटनगर, फागुन २५
विराटनगरस्थित रानी क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । सो क्षेत्रमा सामुदायिक सेवा केन्द्रको अगुवाईमा सरसफाई गरिएको हो । सामुदायिक सेवा केन्द्रले सुुरु गरेको सरसफाई अभियानको चौथो साता भट्टी मोडदेखि दक्षिणतर्फको सडक तथा दुर्गा मन्दिर परिसरको सरसफाई गरिएको छ ।

सर्वसाधारणमा सरसफाईप्रति सचेतना जगाउन प्रत्येक साताको शनिवार कार्यक्रम गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए । अभियान अन्र्तगत रानी क्षेत्रका सार्वजनिक स्थल र सडकको सरसफाई गर्ने गरिएको छ ।

अभियानमा वडा समितिको कार्यालय,नेपाल प्रहरी,शसस्त्र प्रहरी,विभिन्न संघसंस्था र महानगरपालिकाको सरसफाई साझेदार संस्थाले सहयोग गर्दे आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.