देउवा र पौडेल सँगै तातोपानीमा

२६ फागुन ७५, आइतबार
Share this
702shares

म्याग्दी, फागुन २६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी सदरमुकाम बेनीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा स्नान गरेका छन् । पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न शनिबार बेनी पुगेका नेताहरुले एकैसाथ स्नान गरेका हुन् ।

Advertisement

पार्टी राजनितिमा एक अर्कालाई कटाक्ष गर्ने देउवा र पौडेलले सँगै स्नान गरेका छन् । यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले पनि तातोपानी कुण्डमा पुगेर स्नान गरेका थिए ।

उच्च पदस्थ व्यक्तिको आगमनले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताएका छन् । कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा हेलिकोप्टरमार्फत बेनी पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top