वाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थाल्यो

२५ पुस ७४, बुधबार

काठमाडौं : वाम गठबन्धन प्रदेश सरकार गठनको तयारीमा जुटेको छ। सरकारले प्रदेश प्रमुख नियक्तिको अन्तिम तयारी गरिरहँदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठनको आन्तरिक तयारी थालेका हुन्।

मंगलबार पार्टी एकता संयोजन समितिले गठन गरेको दुई दलीय कार्यदललाई एमाले र माओवादी केन्द्रका अध्यक्षले बुधबार विशेष निर्देश दिएका छन्। उनीहरूले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार गठनका सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएका हुन्।

सरकारले प्रदेश प्रमुख नियुक्त गर्नेबित्तिकै प्रदेशसभाका सदस्यहरूको सपथ हुनेछ र प्रदेश सरकार गठनको बाटो खुल्नेछ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बुधबार बिहान भएको बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलमा रहेका नेतालाई प्रदेश सभा र प्रदेश सरकारको कार्यविभाजन टुंग्याउन निर्देशन दिएका हुन्।

नेकपा एमालेका नेता सुवास नेम्वाङले दुई दलका अध्यक्षले कार्यदललाई ब्रिफिङ गरेको जानकारी दिए। ‘कार्यदलले प्रदेशसभा र राष्ट्रियसभा गठनका सम्बन्धमा चाँडो प्रतिवेदन दिन निर्देशन दिनुभयो’, नेम्वाङले अन्नपूर्णसँग भने, ‘हामी भोलि (बिहीबार) ३ बजे बैठक बस्छौँ र जतिसक्दो चाँडो प्रतिवेदन दिन्छौँ।’

Advertisement

मंगलबार पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा, प्रदेशसभा र प्रदेश सरकार गठनका लागि दुई दलका नेता सम्मिलित कार्यदल निर्माण गरेको थियो। कार्यदलमा सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव छन्। कार्यदलले प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पद बाँडफाट गर्नेछ।

बुधबारको बैठकमा अध्यक्ष ओली र प्रचण्डसहित एमाले महासचिव ईश्वर पोखरेल, शंकर पोखरेल, सुवास नेम्वाङ, वर्षमान पुन, रामबहादुर थापा बादल उपस्थित थिए। सुरेन्द्र पाण्डे र मातृका यादव उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित हुन सकेनन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रिय सभा र प्रदेशसभा गठन तथा प्रदेश सरकार गठनमा कसरी पद विभाजन गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको बताए। एमाले नेता शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा मतभारलाई आधार बनाइ मापदण्ड बनाएर टुंग्याउने बताए।

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने घोषणा यसअघि नै गरिसकेको छ। राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछिमात्र प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि संघीय संसद पूर्ण हुनेछ र संघीय सरकार गठनको बाटो खुल्नेछ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर २ बाहेक अन्य ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत छ। संघीय संसदमा पनि वाम गठबन्धन सुविधाजनक बहुमतमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top