Nepal Times
Nepal Times
3
Shares

नेकपाका एक नेता : जसले ‘गर्लफ्रेन्ड’को हत्या गरेर सप्तकोसीमा फालिदिए

नेकपाका एक नेता : जसले ‘गर्लफ्रेन्ड’को हत्या गरेर सप्तकोसीमा फालिदिए

विराटनगर : नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् ।

हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्तकोसी नदी आसपासमा शवको खोजी गरिरहेको छ । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए ।

आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

पक्राउ परेपछि तत्कालिन एमालेको बेलबारी नगरका पूर्व अध्यक्षसमेत रहेका गुरुङ आफैले घरमै हत्या गरेर शव गायव बनाउन नदीमा लगेर फ्यालिदिएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएर २९ नम्बर गेटबाट नदीको भँगालोमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले शव भेटिन सकेको छैन । बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.