नेतालाई हेलिकप्टर प्रतिस्पर्धा : २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा

धादिङ : राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन ।  तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ ।

Advertisement

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन् ।राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top