‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी भित्र्याऊ, लघु र घरेलु उद्योगमा आवश्यक छैनः चेम्बर

२७ फागुन ७५, मंगलबार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठुला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने प्रतिक्रिया जनाइएको छ । संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरुबारे चेम्बरले यस्तो प्रतिक्रिया जनाएको हो ।

चेम्बरले मंगलबार बिज्ञप्ति प्रकाशित गर्दै सो ऐनप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ–‘आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ।’

राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन ।

Advertisement

स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबम् शैक्षिक परामर्श जस्ता महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउन नहुने चेम्बरको धारणा रहेको निर्देशक हरिप्रकाश चन्दले बताए । साना साना उद्योग र व्यसायमा विदेशी लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्छ–चेम्बरले भनेको छ ।

लघु उद्योग र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउँदा यो क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा भई पूँजी निस्क्रिय हुने सम्भावना हुन्छ, जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउँछ–चेम्बरको विज्ञप्तिमा उल्लेख छ । स्वदेशी सिप, प्रबिधि, जनशक्ति र पूँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबद्र्धन नगर्न चेम्बरले विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top