×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ महिला फुटबल : भारतको फराकिलो जित

२९ फाल्गुन २०७५

बिराटनगर,फागुन २९
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ ।शहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो ।

भारतको जितमा सन्जुले दुई गोल गरिन् भने ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।पहिलो हाफमा पाँच गोलको फराकिलो अग्रता बनाएको भारतले दोस्रो हाफमा भने एक गोल मात्रै गर्न सफल भयो । भारतका लागि खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् ।

Advertisement
Advertisement

खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने त्यसको पाँच मिनेटमै खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४–० गोलको अग्रता दिलाएकी थिइन् ।पहिलो हाफमा ५–० को अग्रता बनाउँदा पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गरेकी थिइन् ।

Advertisement

भारतले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६–० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो । यता, माल्दिभ्सले भने भारतको पोष्टमा बल प्रहार गर्न पनि सकेन । प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको खेल भने शनिबार बंगलादेशसँग हुँदैछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top