२५ वर्षदेखिका तीनै तहमा कार्यरत अस्थायी शिक्षक स्थायी बन्दै

३० फागुन ७५, शुक्रबार

काठमाडौं : अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन्। शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ। २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ।

Advertisement

तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन्। पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ।

हालै मात्र प्रकाशित निम्न माध्यमिक तहको शिक्षक परीक्षामा १ हजार ९ सय ९ जना उत्तीर्ण भएका छन्। तीमध्ये ५१ जना २०४९ सालअघि र ८ सय ५९ जना ०६१ साल अघिदेखि अस्थायी छन्।

Advertisement

उत्तीर्ण भएका शिक्षकहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र कम्प्युटर विषयका हुन्। सबैभन्दा धेरै अस्थायी शिक्षक प्राथमिक तहमा छन् । प्राथमिक र माध्यमिक तहको नतिजा प्रकाशन क्रममा छ।

‘आयोगले विभिन्न तह, खण्ड र विषयगत गरी दुई सयभन्दा बढी विज्ञापनको पदपूर्ति गर्दै छ,’ आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले भने, ‘मावि र प्राविको नतिजा प्रकाशन गर्न अझै केही समय लाग्छ।’ ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top