उम्मेदवारको नामले राजपामा विवाद

२७ पुस ७४, शुक्रबार

निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायबाट क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्च्याउन निर्देशन दिनुपर्ने थियो । त्यस्तो केही नगरी आयोगले सबै सूची मधेसी कोटालाई स्वीकार गरेको थियो ।

राजपाले प्रदेश २ मा १० सिटमा सात महिला र तीनजना पुरुषलाई मधेसी कोटाभित्रका पनि दलित, मुस्लिम, थारू र मधेसीको क्लस्टर मिलाएर नाम पठाएको थियो । तर, आयोगले सूचीमा मधेसी मात्रै भएको भन्दै १० सिटमा सातजना महिला र तीनजना पुरुषलाई क्रमसंख्याअनुसार पठाउन पत्र पठाएको छ ।

तर, राजपाभित्र अहिले आयोगको पत्रअनुसार गर्ने कि नगर्ने भन्नेमा विवाद छ । मधेसका दलित, मुस्लिम र थारू आयोगको पत्र स्वीकार गर्न नहुने बताइरहेका छन् भने केही मधेसी नेता भने आयोगको पत्रअनुसार नामावली पठाउनुपर्ने तर्क गरिरहेका छन् ।

तर, राजपाभित्र अहिलेसम्म समानुपातिकको नाम टुंगो लगाएर आयोगमा बुझाउनेबारे निर्णय हुन नसकेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार आयोगको गलत कदमविरुद्ध अदालत जाने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।

त्यसैगरी, प्रदेश नम्बर ५ को बन्दसूचीमा पनि थारू र खर्सआयलाई मधेसी लेखिएको छ । समानुपातिकमा पाएको एक सिटमा खसआर्य महिला पठाउनुपर्ने हुन्थ्यो । तर, राजपाले मुस्लिम पुरुष मोहम्मद कादिर शेख पठाएको छ । सूचीअनुसार विना पन्तको नाम पठाउनुपर्ने थियो ।

त्यस्तै, प्रदेश नम्बर ७ पुरुषलाई महिला भनिएको छ । समानुपातिक बन्दसूचीमा अम्वादत्त तिवारी पुरुष हुन् तर थारू महिलामा नाम लेखिएको छ र कृष्णकुमारी राना महिला हुनुपर्नेमा पुरुषमा सूचीकृत गरिएको छ । राजपाले उक्त प्रदेशमा पाएको एक सिटमा सुनीता चौधरीको नाम पठाएको थियो । तर, आयोगले उनको सट्टा क्रमसंख्याको सुरुमा रहेकी मालामाति राना पठाउन भनेको छ ।

राजपाले आयोगसँग छलफल गर्ने 
राजपा अध्यक्षमण्डलले आयोगसँग छलफल गर्न लागेको छ । राजपाका नेताहरूले दिएको जानकारीअनुसार शुुक्रबार महन्थ ठाकुरसहितको टोली आयुक्तहरूसँग छलफलका लागि जान लागेको छ । ठाकुरसहितको एक पक्ष प्रदेश २ का १० वटा सिट आयोगले दिएको निर्देशनअनुसार बन्दसूचीको क्रमसंख्याअनुसार नै पठाउने मनस्थितिमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top