Nepal Times
Nepal Times
3
Shares

धनकुटेलीद्वारा आज पनि धर्ना

धनकुटेलीद्वारा आज पनि धर्ना

काठमाडौँ, पुस २८
प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना दिएको छ ।

पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.