काठमाडौँ, चैत २
यतिबेला मोबाईल एप टिकटक निकै लोकप्रिय बनिरहेको छ । टिक टकमा बालकदेखि तन्नेरी, बृद्ध बृद्धा सम्मलाई देख्न सकिन्छ । ति मध्ये राम्रो अभिनय तथा राम्रो कला प्रदर्शन गर्नेहरु त भाईरल नै बनिरहेका छन् । ति मध्येका नेपाली जुम्ल्याह सुन्दरी दिदीबहिनी पनि एक हुन् ।
यतिबेला जुम्ल्या दिदी बहिनी प्रिन्स खतिवडा र प्रिज्मा खतिवडा ‘ टविन्सी गर्ल’ का रुपमा विश्वभरी नै भाईरल भएका छन् । कलाकार तथा युट्युवर शिशिर भण्डारीको नयाँ गीतको भिडियोमा यी दिदी बहिनीले पहिलो अभिनय गरेका छन् ।
शिशिर भण्डारी र विन्दु परियारको आवाजमा ‘हाम्रो माया जिन्दाबाद’ गीतको भिडियोमा शिशिर भण्डारी र ‘ट्विन्स गर्ल’ प्रिज्मा र प्रिन्सा खतिवडा फिचर्ड छन् ।
शिशिर भण्डारीको शब्द तथा दीपक सिलवालको संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्, भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको निर्देशन रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्