×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आसरा सुधार केन्द्र धरान शाखाको उद्घाटन

२ चैत्र २०७५

सुनसरी, चैत्र २
लागुऔषध तथा मद्यपानको कुलतबाट जोखिममा पर्न सक्ने युवाबर्गहरुलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुनर्जीवन प्रदान गर्ने उदेश्यले सुनसरीको धरानमा आसरा सुधार केन्द्रको निर्माण भई समुद्घाटन भएको छ । उक्त भवनको शुक्रबार एक बिशेष समारोहका विच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलालेख अनावरण तथा रिवन काटेर बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

आसरा सुधार केन्द्र रानीवारी काठमान्डौको शाखाको रुपमा धरान उप–महानगरपालिका–६ पानवारीमा स्थापना भई समुद्घाटन भएको उक्त भवन आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनाललाई शुक्रबार नै हस्तान्तरण समेत गरिएको छ । २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको ३ तले भवनमा अवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरु, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय रबाथरुम उपलब्ध छन् ।

Advertisement
Advertisement

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनाल, आसरा सुधार केन्द्रका संरक्षक तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख केदार रिजाल र आसरा सुधार केन्द्र भवन निर्माण समितिका अध्यक्ष मनोज कुमार मेन्याङवोले संयुक्त रुपमा आसरा स्मारीकाको बिमोचन गरेका थिए ।कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूले भवन निर्माणको लागि निःशुल्क जग्गा दान गर्ने जग्गादातालाई अभिनन्दन गर्दै भवन निर्माणमा सहयोग गर्ने महानुभावहरुलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा उनले युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको रोकथामका लागि प्रहरी लागिपरेको बताए । उनले लागु औषध दुर्व्यसनीले एउटा घरको मात्रै नभई समाज र देशकै समस्या निम्त्याईरहेको अवस्थामा दुर्व्यसनीमा फसेका युवाहरुलाई उचित परामर्श तथा उपचार गरी लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनर्स्थापना गर्न सकिने बताए ।

कार्यक्रममा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष प्रमिला खनालले धरानमा आसरा सुधार केन्द्रको शाखाको रुपमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्न सकिएकोमा खुशी ब्यक्त गर्दै यस केन्द्रको दुर्ब्यसनीमा फसेका युवा बर्गको मनोवल र आत्मवल अभिबृद्धि गरी लागुपदार्थ प्रति बितृष्णा गराउन महत्वपुर्ण भुमिका रहने बताइन् ।

कार्यक्रममा १ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत तथा धरान उप–महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मन्जु भन्डारीले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा आसरा सुधार केन्द्र धरानका संरक्षक केदार रिजालले भवन निर्माणमा सहयोग र्पुयाउने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा भवन निर्माण समितिको मुक्त कण्ठले प्रशंसा गर्दै अब यस केन्द्रको लागुऔषधको प्रयोग गरी त्यसैको परनिर्भरता बढ्ैे गई मानसिक र अन्य जोखिममा परेका युवाबर्गलाई उचित परामर्श तथा उपचार गरी पुनर्स्थापना मार्फत समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने जिममेवारी रहेको बताए ।

Advertisement

कार्यक्रममा बिशिष्ट सुरक्षा अधिकरीहरु, प्रमुख जिल्ला अधिकारी, भवन निर्माण समितिका पदाधिकारीहरु, स्थानीयवासी, समाजसेवी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार लगायत करिव ७०० जनाको उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top