झापा, पुस २८
झापा प्रहरीले लागुऔषध ब्राउन सुगर र खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा उनीहरुलाई मेची भन्सार नाकाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर २ का अर्जुन श्रेष्ठ र मेचीनगर १० का मनिष खड्का रहेका छन् । उनिहरुको साथबाट चार ग्राम ब्राउनसुगरसहित डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल फेला परेको छ । त्यसैगरी बिहीबार बेलुका संघीय प्रहरी इकाइ चन्द्रगढी र लागूऔषध नियन्त्रण व्युरो काकँडभिट्टाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले मेची नगरपालिका ६ र १० बाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड ६ का अनिष भण्डारी, पाँचथर जिल्ला फिदिम १ घर भई हाल बिर्तामोड ५ बस्ने रोशन न्यौपाने, बिर्तामोड ६ का रामेश्वर चौधरी, र बिर्तामोड ३ बस्ने प्रेम खड्का तथा मेची नगरपालिका २ का अर्जुन श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ६ ग्राम खैरो हेरोइन र चार बोतल स्कुफ नामक कफ सिरफ प्रहरीले बरामद गरेको छ। पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानाएका छन् ।