जकपुर–जयनगर रेल वैशाखबाट

जकपुर–जयनगर रेल वैशाखबाट

धनुषा : वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम थालेको हो ।

त्यस्तै रेल्वे सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका निर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारी छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाई छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.