बेलबारी : मोरङको बेलबारी– ४ बाट १२ दिनदेखि बेपत्ता रहेकी महिलाको शव नभेटिएपछि हत्या अभियोगमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङलाई महिला बेपत्ता अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
गत फागुन १७ गते बेलबारीबाट बेपत्ता भएकी राईलाई अभियुक्त गुरुङले हत्या गरी कोशीमा फालिएको स्वीकार गरेपनि सो क्षेत्रबाट शव नभेटिएपछि गुरुङलाई हत्या अभियोगमा मुद्दा लगाउने बारेमा प्रहरी नै अन्यौलमा परेपछि प्रहरीवृत्तमा समेत निकै तनाव उत्पन्न भएको छ ।
लास फेला नपरेसम्म तत्कालका लागि ब्यक्ति वेपत्ता अभियोगमा दर्ता गर्ने र शव फेला परेपछि त्यही अनुसार अघि बढ्ने प्रहरीले जनाएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।