एजेन्सी, चैत्र ३
फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकप फुटबलको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णाय गरेको छ । अघिल्लो दिन फिफका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो निर्णय भएको पुष्टि गरेका छन् ।
अमेरिकाको मायामीमा अघिल्लो दिन बसेको फिफा काउन्सिलको बैठकले सन् २०२१ देखि यस प्रतियोगितामा नयाँ ढाँचा लागू गरेको हो । फिफाले अब यस प्रतियोगितामा कूल २४ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । यसअघि भने वार्षिक रूपमा ७ टिमले मात्रै यस प्रतियोगितामा सहभागी जनाउँदै आएका थिए ।
यसअघि वार्षिक रूपमा हुँदै आएको यो प्रतियोगितामा अब भने हरेक ४–४ वर्षमा आयोजना गरिने भएको छ । अब नयाँ ढाँचाले यसअघि ७ टिम सहभागी भएर खेलाइने प्रतियोगितालाई विस्तापित गर्नेछ । यसअघि यस प्रतियोगितामा महाद्वीपस्तरबाट शीर्ष क्लब प्रतियोगिता जित्ने टोलीबीच प्रतिस्पर्धा गराइन्थ्यो । सो प्रतियोगिता डिसेम्बरमा हुँदै आएको थियो । तर, अब नयाँ ढाँचाको प्रतियोगिता भने २४ टिमलाई सहभागी गराएर सन् २०१ बाट गराइनेछ । सो प्रतियोगिता जुन र जुलाई महिनामा हुनेछ ।
युरोपका ठूला क्लबद्वारा बहिष्कार गर्ने चेतावनी
फिफाले क्लब विश्वकपमा नयाँ ढाँचा ल्याएसँगै युरोपका ठूला क्लबले भने यो प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन । उनीहरूले फिफाको नयाँ ढाँचामा असमझदारी राख्दै यस्तो चेतावनी दिएका हुन् । यता, फिफाले भने यस प्रतियोगितालाई पनि थप व्यापक र सहभागीमूलक बनाउन ढाँचा परिवर्तन गरिएको बताएको छ । उसले नयाँ ढाँचाबाट प्रतियोगिताको दायारा बढ्ने अपेक्षा समेत लिएको छ । युरोपियन क्लबहरूको बहिष्कार चेतावनीबारे फिफा अध्यक्षले आफूहरूले सबैसँग छलफल गरेर अघि बढ्ने बताए ।