विराटननगर,चैत ३
विराटनगरको सहिद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता अन्र्तगत श्रीलंकाविरुद्धको खेलमा भारतले शानदार जित निकालेको छ । श्रीलंकालाई ५ शुन्यले पराजित गर्दे भारत समूह बीको विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा अब भारतले बगलादेशसग खेल्नेछ । पहिलो हाफ सकिँदा श्रीलंकाको शून्यका विरुद्ध भारतले ४ गोल गरेको थियो भने दोस्रो हाफको सूरुवातमै भारतले अर्को गोल थप गरेको थियो । भारतका लागि ड्याग्मी ग्रेस, सन्ध्या रंगनाथ, इन्दुमथी काथिरेसान र संगिता बास्फोरेले एक¬एक गोल गरेकी छन ।

यस्तै दोस्रो हाफको सुरुवातमा भारतकी रतनबाला देवी नोंगमाइथेनले अर्को गोल गरिन् । खेलमा श्रीलंकालाई भारतले निरन्तर दबाबमा राखेको थियो । भारतीय गोलकिपर सामू श्रीलंकाले गोल प्रहार गर्न सकेनन् । समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए । भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो ।
श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । समूह बीको उपविजेता बनेको श्रीलकाले अब सेमिफाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेलमा पराजित माल्दिभ्स र भुटान प्रतियोगिताबाट बाहिरिसकेका छन् । सेमिफाइनलको पहिलो खेल बुधबार बिहान ११ बजे र दोस्रो खेल सोही दिन ३ बजे हुनेछ । भारत र श्रीलंकाको खेल चलिरहँदा दर्शक भने न्युन थिए ।

