होलीको मैत्रीपूर्ण फुटसलमा सीएमजी क्लब विजयी

होलीको मैत्रीपूर्ण फुटसलमा सीएमजी क्लब विजयी

विराटनगर, चैत ४
होली पर्वको अवसर पारेर एमआरएफसी क्लब विराटनगरले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । विराटनगरमा सोमबार आयोजित प्रतियोगितामा सीएमजी क्लब विराटनगरले आयोजक एमआरएफसी क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको छ ।

सुरुवातमा आयोजक एमआरएफसी क्लब ४–० ले अगाडि रहेको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेलको ४९ औं मिनेटमा सीएमजीका प्रकाश पौडेलले गरेको गोल नै निर्णायक बन्यो । ५० मिनेटको खेलमा सीएमजीका रोहित कोइरालाले ३ गोल, दिलीप बास्कोटा र प्रकाश पौडेलले २–२ तथा विजय भुजेलले १ गोल गरे ।

त्यस्तै आयोजकका तर्फबाट राम लुइँटेल र कृष्ण कार्कीले २–२ गोल गर्दा दीपेन्द्र कार्की, कल्याण चौधरी र मनोज तामाङले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच सीएमजीका रोहित कोइराला घोषित भए । आपसी सद्भावसँगै भाइचारा अभिवृद्धिका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक एमआरएफसी क्लबका अध्यक्ष अरविन्द चौधरीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.