विराटनगर : प्रदेश सभामा सोमबार टेबुल गरिएको प्रदेशसभा नियमावली संसोधन मस्यौदा समितिको प्रतिवेदनमा उल्लेखित प्रदेशको स्थायी राजधानी र नाम तोक्ने प्रस्तावित प्रक्रियाप्रति सत्तारुढ दलकै सांसदशरुले विमती देखाएका छन् ।
राजधानी र नामाकरणको प्रस्ताव सरकारले कि सांसद्ले पेश गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेत सहमतीमा आईसक्दा सत्तारुढ दल नेकपाका सांसद्हरुले भने त्यही विषयमा दलिल पेश गरेका हुन् ।
मंगलबार नियमावलीमाथिको छलफलमा मुख्यमन्त्री शेरधन राईकै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद राजेन्द्र कुमार राईले प्रतिवेदनमा प्रस्तावित संशोधनका विषयमा फरक धारणा प्रस्तुत गरे ।
उनले राजधानी र नाम तोक्ने प्रक्रियामा अझ धेरै छलफल हुनुपर्ने बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।