विराटनगर, चैत ६
लायन्स क्लब अफ विराटनगर एलिट र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनुवारीमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा १ सय ७४ जनाले आँखा परिक्षण गराएका छन् ।
टंसिसिनुवारी स्थित नेपाल जुट इन्डस्ट्री परिसरमा आयोजना गरिएको शिविरमा सो उद्योगमा कार्यरत मजदुर र टंकिसिनुवारीका स्थानीयले आँखा परिक्षण गराएका छन् ।
शिविरलाइ विराटनगर स्थित रामलाल गोल्छा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको अस्पतालका शिविर संयोजक सागर पोखरेलले बताए । शिविरमा एकजना मोतिया बिन्दुका बिरामी भेटिएको र उनको निशुल्क शल्यकृया गरिने लायन्स क्लब अफ विराटनगर एलिटकी चार्टर प्रेसिडेन्ट तथा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष मल्लिका रिजालले जानकारी दिइन् ।