भारतको चुनावमा ‘चाैकीदार’लाई लिएर नेपाल र नेपालीको मानमर्दन

भारतको चुनावमा ‘चाैकीदार’लाई लिएर नेपाल र नेपालीको मानमर्दन

नयाँदिल्ली :  भाारतमा लोकसभा चुनाव आउन केही हप्तामात्र बाँकी रहँदा नेताहरूबीच नेपाल र नेपालीको मानमर्दन हुनेगरी टिप्पणी गर्ने क्रम बढेको छ।

महाराष्ट्र नवनिर्माण सेना(एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको विरोध गर्ने क्रममा नेपाललक्षित टिप्पणी गरेका छन्।

मोदीको त्यो अभियानको विरोध गर्दै ठाकरेले लोकसेवा चुनाव नेपालमा नभएर भारतमा हुन लागेको टिप्पणी गरेका छन् । ‘यो अरु केही नभएर नौटंकी मात्र हो। के हो यो चौकीदार भन्ने कुरा? के चुनाव नेपालमा हुन लागेको हो कि भारतमा ?’ ठाकरेले भनेका छन्।

सन् २०१४ को चुनावताका मोदीले आफू मुलुकको चौकीदार भएको दाबी गरेका थिए। मोदीले मुलुकको चौकीदार दाबी गरेको पाँच वर्षपछि रफाल लडाकु विमान खरिदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाउँदै विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलगायत दलले उनीविरुद्ध ‘चौकीदार चोर है’ भन्ने मुख्य नारा बनाएका थिए।

यसअघि गतसाता आमआदमी पार्टीकी नेतृ अल्का लाम्बाले पनि नेपाललाई जोडेर मोदीको चौकीदार अभियानको विरोध गरेकी थिइन्। उनले इमानदार चौकीदार नेपालबाट मगाउन सकिने भएकाले तिनै चौकीदारलाई प्रधानमन्त्री बनाउन आग्रह गरेकी थिइन्। याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.