सडक खन्ने क्रममा जेसीबीले फ्याँकेको ढुङ्गाले लागेर बालिकाको मृत्यु

सडक खन्ने क्रममा जेसीबीले फ्याँकेको ढुङ्गाले लागेर बालिकाको मृत्यु

ईलाम, चैत १०
सडक खन्ने क्रममा जेसीबीले फ्याँकेको ढुङ्गाले लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

आईतबार दिउँसो ३ बजेको समयमा ईलाम नगरपालिका–८ गरीमाटोलको भित्री सडक खण्डमा जेसीबीले सडक खन्दै सडकका ढुङ्गाहरु बाटो मुनी फ्याक्ने क्रममा बाटो मुनी पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ । जेसीबी प्रहरीको नियन्त्रण रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.