Nepal Times
Nepal Times
3
Shares

विप्लव समूह र पूर्वराजा समर्थकप्रति प्रधानमन्त्री आक्रामक

विप्लव समूह र पूर्वराजा समर्थकप्रति प्रधानमन्त्री आक्रामक

काठमाडाैँ : प्रधानमन्त्री केपी शर्मा ओली विप्लव नेतृत्वको समूह र पूर्वराजासमर्थक प्रति आक्रामक बनेका छन् । आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे । पूर्वराजासमर्थकतर्फ लक्षित गर्दै उनले केही व्यक्तिले अझै रैतान हुने चाहना राखेको टिप्पणी पनि गरे ।

संसद्मा आफ्नो परिचित व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिको चर्चा गरेका थिए । मूलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतसँगको सहमतिबाट देशमा विखण्डनवाद समाप्त भएको दाबी पनि उनले गरे । विप्लव समूह आपराधिक गतिविधिमा लागेकाले प्रतिबन्ध लगाइएको उनले बताए । ‘चुनाव हुन दिन्नँ भन्ने, निर्दोष मान्छे मार्ने, चन्दाका नाममा लुटपाट गर्ने गरिएको छ,’ ओलीले भने, ‘त्यो समूह कतै दर्ता छैन, ठेगाना छैन, त्यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई, विध्वंशकारीलाई सरकारले निषेध ग-यो । कतिलाई हनहनी ज्वरो आएको छ ।’

द्वापर युगमा कृष्णले समेत धेरै सम्झाउने र सम्झाउँदा नमान्नेलाई ठेगान लगाउन हातमा चक्र लिएर हिँड्ने गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘विध्वंश गर्नेलाई कानुनअनुसार नियन्त्रण गर्न राज्य अघि बढ्यो । ब्याक गियर छैन । हातहतियार बुझाउन समय दिइएको छ । हातहतियार नबुझाए कसरी लिनुपर्छ सरकारलाई थाहा छ ।’ सरकारले पटक–पटक आग्रह गर्दासमेत विप्लव समूह वार्तामा आउन नमानेको उनले बताए । याे खबर आजकाे नयाँ पत्रिकामा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.