विराटनगर, चैत ११
विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा तीन दिने कार्यक्रम मध्ये सोमबार छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न जिल्ला तथा भारतको बिहार तथा बङ्गाल राज्यबाट एक साय १३ जना धामी झाक्रिको उपस्थिति थियो ।
उक्त सचेतनामुलक कार्यक्रममा न्यूरो अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बधि अन्धबिश्वास व्याप्त रहेको बताए । उनले सो अन्धबिश्वासलाई उजागर गर्न छारे रोग लागेका बिरामीलाई प्राथमिक उपचार गरि तत्कालै नजिकको अस्पतालमा पु¥याउनु पर्ने बताए ।
यस्तै न्यूरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डाक्टर यम बहादुर रोकाले छारे रोगलाई अभिशाप नठानी उपचार तर्फ लाग्नुपर्नेमा जोड दिए । यस्तै मानसिक रोग बिशेषज्ञ डाक्टर रंजन थापा , बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंह लगायतका चिकित्सकहरुले छारे रोग सम्बन्धी सचेतना प्रदान गरे ।
यस्तै अस्पतालका अपरेसनल डाक्टर राजेस भट्टराइले समाजमा व्याप्त असाधारण बुझाइलाई कम गर्नको लागि मनो सामाजिक र मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।