न्यूरो अस्पतालद्वारा धामी झाक्रीलाई सचेतनामुलक सुझाव प्रदान (फोटो फिचरसहित)

न्यूरो अस्पतालद्वारा धामी झाक्रीलाई सचेतनामुलक सुझाव प्रदान (फोटो फिचरसहित)

विराटनगर, चैत ११
विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा तीन दिने कार्यक्रम मध्ये सोमबार छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न जिल्ला तथा भारतको बिहार तथा बङ्गाल राज्यबाट एक साय १३ जना धामी झाक्रिको उपस्थिति थियो ।

उक्त सचेतनामुलक कार्यक्रममा न्यूरो अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बधि अन्धबिश्वास व्याप्त रहेको बताए । उनले सो अन्धबिश्वासलाई उजागर गर्न छारे रोग लागेका बिरामीलाई प्राथमिक उपचार गरि तत्कालै नजिकको अस्पतालमा पु¥याउनु पर्ने बताए ।

यस्तै न्यूरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डाक्टर यम बहादुर रोकाले छारे रोगलाई अभिशाप नठानी उपचार तर्फ लाग्नुपर्नेमा जोड दिए । यस्तै मानसिक रोग बिशेषज्ञ डाक्टर रंजन थापा , बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंह लगायतका चिकित्सकहरुले छारे रोग सम्बन्धी सचेतना प्रदान गरे ।

 

यस्तै अस्पतालका अपरेसनल डाक्टर राजेस भट्टराइले समाजमा व्याप्त असाधारण बुझाइलाई कम गर्नको लागि मनो सामाजिक र मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.