रत्ना होटलको विद्युत काट्न श्रम कार्यालयको पत्र

रत्ना होटलको विद्युत काट्न श्रम कार्यालयको पत्र

विराटनगर, चैत १२
श्रम कार्यालयले विराटनगर वसपार्कस्थित रत्ना होटलको विद्युत लाइन काट्न नेपाल विद्युत प्राधिकरणलाई पत्र लेखेको छ । श्रमिकलाई तलब नदिएको मुद्दामा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएपछि श्रम कार्यालय विराटनगरले विद्युत लाईन काट्न पत्र लेखेको हो ।

श्रम कार्यालय प्रमुख प्रेम सञ्जेलले रत्ना होटलको विद्युत लाइन काट्न नेपाल विद्युत प्राधिकरणको क्षेत्रिय कार्यालय विराटनगरलाई सोमबार पत्र लेखेका हुन् ।

श्रम ऐन कार्यान्वयन नगर्ने उद्योग/प्रतिष्ठानको बैंक खाता रोक्का गर्ने, विद्युत लाईन काट्न सक्ने अधिकार श्रम ऐनले श्रम कार्यालयलाई दिएको छ ।सोही ऐनको आधारमा श्रम कार्यालयले रत्ना होटलको विद्युत लाईन काट्न दोस्रो पटक प्राधिकरणलाई पत्र काटेको हो । कार्यालयले यसअघि सो होटलको बैंक खाता रोक्का गरेको थियो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.