विराटनगर विमानस्थलमा सञ्चालन हुने सवारी साधनको भाडा कायम गरिने

विराटनगर विमानस्थलमा सञ्चालन हुने सवारी साधनको भाडा कायम गरिने

विराटनगर : विराटनगर विमानस्थलमा सञ्चालन हुने सवारी साधनको भाडादरलाई कायम गर्न सरोकारवालाहरु सहमत भएका छन् ।

संवाद समुहमा आयोजित छलफलमा सिटी रिक्सा, अटो,टेम्पो लगायतका भाडाका सवारी साधनको भाडादर १५ दिनभित्र व्यवस्थापन गर्न पहल गर्न सरोकारवालाहरु सहमत भएका हुन् ।

विमानस्थलबाट बाहिरिने यात्रुहरुले विमानस्थलदेखि कोशी राजमार्गसम्म निस्किँदा रिक्सा, सिटी तथा अटोबाट बढी असुलीमा परिरहेको गुनासो आउन थालेपछि भाडादर कायम गर्ने विषयमा नियमनकारी निकायहरु सहमत भएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.