एजेन्सी, चैत १२
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मंगलबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स आमने सामने हुने छन् । दुवै टिमले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
दिल्लीमा हुने खेलमा दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन् । उद्घाटन खेलमा चेन्नइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित गरेका थिए ।
आईपीएलमा दिल्लीको टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सहभागी छन् । पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । पहिलो खेलमा सुरुवाती टिमले निकालेको जितका कारण पनि आजको खेलमा सन्दिप पर्ने सम्भावना कम रहेको जनाइएको छ ।