खुमबहादुरको सम्झनामा फलफुल बितरण

खुमबहादुरको सम्झनामा फलफुल बितरण

विराटनगर, चैत १६
नेपाली कांग्रेसका पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृति दिवसका अवसरमा शनिबार बिहान विराटनगरको कोशी अञ्चल अस्पतालमा फलफुल वितरण गरिएको छ ।

खड्काको पहिलो स्मृति दिवसको अवसरमा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गरिएको हो । कोशी अञ्चल अस्पतालका प्रसुती वार्ड, बच्चा विभाग, मेडिकल , सर्जिकल , इमर्जेन्सी लगायतका सबै विभागमा फलफूल वितरण गरिएको हो ।

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सांसद शान्त पौडेल लगायतले विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.