विराटनगर, चैत १५
विराटनगरको लोकप्रिय मोबाईल पसल ‘मोबाईल एण्ड मोबाईल’ले एसईई दिने विद्यार्थीहरुलाई हात खाली नजाने विशेष अफर ल्याएको छ ।
विराटनगरको हनुमानदास रोडमा रहेको सो मोबाईल पसलले एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहित विशेष उपहार योजना ल्याएको मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए ।
उनले मोबाईल एण्ड मोबाईलबाट कुनैपनि मोबाईलको खरिदमा भ्याट बिलसहित एक वर्षको आधिकारिक वारेन्टि पनि दिईने बताए ।
मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम। आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।