एसईई : चिट चोराउने मान्छे धपाउन हवाई फायर !

बझाङ : जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर गर्नुपरेको छ । परीक्षा केन्द्रमा चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

गणित विषयको परीक्षामा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड भएको र धपाउन खोज्दा उल्टो प्रहरी माथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।

धितालका अनुसार चिट चोराउने भिडले प्रहरीमाथि नै दुर्व्यवहार र हातपात गर्न थालेपछि हवाई फायर गर्नुपरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top