काठमाडौं, चैत १७
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबको २१ औ वार्षिकोत्सवका अवसरमा राजधानीमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनले स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका हुन् ।
‘प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ, वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्नुस्’ उनले भने । सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानुनी प्रबन्ध गरिने उनको भनाइ छ ।