×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हावाहुरी : घाइतेको उपचारको लागि रगत अभाव भएपछि सेना र प्रहरी जवानले गर्न थाले रक्तदान

१८ चैत्र २०७५

वीरगंज, चैत १८
बारा र पर्सामा आइतबार आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् ।आईतबार राती एक्कासी हावाहुरी र असिना–पानीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव भएको हो ।रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् ।

वीरगञ्ज अस्पतालमा घाइतेहरूको उपचारमा खटिएका चिकित्सकका अनुसार ब्लट बैंकमा ब्लट नभएको कारण बिरामीको उपचार रोकिएको छ। एबि पोजेटिभ, ओ पोजेटिभ, ए पोजेटिभ र ए नेगेटिभ रगतको अभाव भएको छ । प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका छन् ।

Advertisement
Advertisement

आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा र पर्सामा गरी ३१ जनाको मृत्यु भईसकेको छ भने ४ सय जनाभन्दा बढी घाइते भएको जनाईएको छ । घाइतेहरुको उद्धार काम चलिरहेको छ ।

Advertisement

मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top