विराटनगर, चैत १८
विराटनगर निवासी मृगौला पीडित २५ बर्षीया पार्वती पार्खिन तामाङले जीवन रक्षाको याचना गरेकी छन् । सोमबार पार्वती पार्खिनका परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरी जीवन रक्षाको याचना गरेका हुन् ।
गत मंसिरदेखि मृगौलामा समस्या देखिएको बताउदै पार्वतीले सबैलाई आफनो जीवन बचाइ दिन अनुरोध गरेकी छिन् । बाबुसमेत गुमाई सकेकी उनलाई नियमित औषधि सेवन गर्न समेत अहिले पैसाको अभाव छ । आर्थिक रुपमा अति नै विपन्न पार्वतीको परिवार अर्काको घरमा भाँडा माझेर जिवीकोपार्जन गर्दे आएको छ ।
उनकी वृद्ध आमाले अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले महिनाभर पनि खान नपुग्ने बताइन् । मासिक २५ हजारसम्म औषधि मै खर्च लाग्ने भन्दै पार्वतीले सहयोगी मनलाई आफ्नो जीवन बचाई दिन अनुरोध गरेकी छिन् । उनको अहिले कोशी अञ्चल अस्पतालमा डायलाइसिस सुरु गरिएको छ । उनकी आमाले उनलाई मृगौला दिने भनिए पनि आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको छ ।