विराटनगर : भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म निर्माणाधीन रेलमार्गमा कमसल काम हुने गरेको पाईएको छ ।निर्माणाधीन विराटनगर बथनाहा रेल्वे लिकको बीचमा पानी बग्न बनाएको नाला भत्किन थालेपछि कमसाल काम हुने गरेको रहस्य बाहिरिएको हो ।
केही महिना अघि सो रेद्यवे लिकमा भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म पहिलो पटक रेलको इन्जिन परीक्षण गरिएको थियो । निर्माणाधिन रेल्वे परियोजनाको पहिलो चरणमा नेपाल र भारततर्फबाट जम्मा ८ किलोमिटर क्षेत्रको काम हुँदै आएको बताईएको छ ।
काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी भईरहेको बेला कमसल काम बाहिर आएको हो । भारतीय निर्माण कम्पनी इरकोनले सो निर्माणको काम गर्दै आईरहेको छ । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।