देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

काठमाडौं : महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित हुन ।

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ । आज विहीवार सम्म छलफल गरी भोलि शुक्रवार बस्ने केन्द्रिय समिति बैठकले यो निर्णय नसच्चाए विशेष महाधिवेशनकालागि हस्ताक्षर संकलन गर्ने बारेमा छलफल भैरहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top