बारा-पर्सा आँधीहुरी : पीडितको घर सरकारले बनाउने, जिम्मा नेपाली सेनालाई

२१ चैत ७५, बिहीबार
Share this
759shares

काठमाडौँ, चैत २१
बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर बनाउने निर्णय गरेको हो ।

Advertisement

घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ।मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कार्यदलमा सहरी विकास मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन् भने पीडितको घर निर्माणका लागि प्रदेशका प्रमुख र प्रदेश सचिवले समन्वय तथा सहजीकरण गर्ने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top