काठमाडौँ, चैत २२
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को ‘चिट डे’ बोलको गीत रिलिज भएको छ । गीत शुक्रबात युट्युबाबाट रिलिज गरिएको हो ।
प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ । गीतमा सुहानालाई चुलबुले प्रेमीकाको रुपमा देखाइएको छ । ‘ए मेरो हजुर ३’ मा डेब्यु नायिका सुहाना थापा र अनमोल केसीको अभिनया रहेको छ ।
चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’को दुई गीत र ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिज पश्चात् अनमोल र सुहानाको जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।
चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।