देशका विभिन्न भु–भागमा एकाएक अँध्यारो, भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौँ, चैत २३
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भु–भागको मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ ।मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको मैसमविद्को भनाई छ । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै देशका विभिन्न भु– भागमा वर्षाकोे सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आज राति पनि देशभरिको मौसममा सुधार आउने छैन । अधिकांश भूभागहरुमा सामान्यतया बदली नै रहने महाशाखाको भनाइ छ । देशका पुर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । यसैगरी राति उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराइका भूभागहरुमा सामान्यतया हुरीबतास चल्ने सम्भावना रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top