×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

म्याच फिक्सिङसम्बन्धी कसुरमा ६ बर्षसम्मको कैद हुने,आजीवन प्रतिबन्धकाे व्यवस्था गरिएन

२४ चैत्र २०७५

काठमाडौं ,चैत २४

म्याच फिक्सिङ गरी अनियमितता गर्नेविरुद्ध कडा सजायसहितको व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले यसअघिको खेलकुद विकास ऐन २०४८ लाई परिमार्जन गरी ल्याउन लागेको खेलकुद विकास ऐनमा २०७५ मा त्यस्तो व्यवस्था गर्न लागेको हो । यस्तो व्यवस्था देशभित्र हुने खेलकुद प्रतियोगिता र देशबाहिर हुने प्रतियोगिताका हकमा समेत लागु हुने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

प्रस्तावित ऐनको दफा २३ मा ‘नेपालभित्रै वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेल सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकुल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न, कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’ भनिएको छ ।

त्यसरी म्याच फिक्सिङ गरेको पाइएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैंयासम्म जरिवाना गर्ने र त्यसरी लेनदेन भएको रकम जफत गर्ने व्यवस्था समेत ऐनमा गरिएको छ । त्यस्तो कसुर यदि नेपालको प्रतिनिधित्व गरी विदेशमा गरेको पाइएमा उसलाई थप ३ वर्ष कैद हुने व्यवस्था समेत ऐनले गरेको छ । त्यसरी कसुर गर्नेलाई फौजदारी अपराध अन्तर्गत मुद्दा दायर हुने र सरकार बादी भई मुद्दा अघि बढ्ने व्यवस्था समेत ऐनमा गरिएको छ ।

उक्त ऐन मन्त्रीपरिषद्बाट पारित भई संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा प्रक्रियामा रहेको र सो ऐनबारे सामान्य छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ । ऐनले आन्तरिक र बाह्य रुपमै हुने खेलकुद प्रतियोगितामा हुनसम्ने यस्ता कसुरको लागि फौजदारी कसुरको व्यवस्था गरे पनि त्यो कुन हदसम्मको खेलमा हुने भन्ने स्पष्ट व्याख्या भने ऐनमा गरिएको छैन ।

कानूनको अभावमा छुटेका थिए यसअघिका आरोपी

नेपालका खेलाडीहरुले विभिन्न अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आर्थिक प्रलोभनमा परी म्याच फिक्सिङ गरेको आरोपमा तीन वर्षअघि २०७४ असोजमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले तात्कालिन कप्तान सागर थापासहित ६ खेलाडीहरुलाई पक्राउ गरेको थियो ।

अफगानिस्तान तथा बंगलादेशसँगका अन्तराष्ट्रिय स्पर्धाहरुमा म्याच फिक्सिङ गरी पराजित भएको आरोपमा पक्राउ परेका उनीहरुले त्यो कसुर स्वीकार गरे पनि कानूनको अभावका कारण उनीहरुमाथि कारबाही हुन सकेको थिएन । उनीहरुविरुद्ध त्यसबेला राज्यविप्लवको कसुर गरेको आधारमा मुद्दा चलेको थियो तर उनीहरुको अपराधमा राज्यविप्लवको अवस्था नदेखिएको भन्दै गत जेठमा विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो ।

Advertisement

उनीहरुलाई राष्ट्रिय खेलबाट अवकाश दिइएको थियो भने विश्व फुटबल महासंघ (फिफा)ले उनीहरुविरुद्ध आजीवन प्रतिबन्ध भने लगाएको थियो । यो ऐनमा कडा सजायको व्यवस्था गरिए पनि आजीवन प्रतिवन्धको व्यवस्था भने गरिएको छैन । (विकास न्युजबाट)

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top