×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौतमबुद्ध विमानस्थलमा पेट्रोल पम्प बन्दै, प्राधिकरणसँग जग्गाको लागि सहमति

२५ चैत्र २०७५

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले पेट्रोल पम्प बनाउने भएको छ । निगमले नागरिक उड्ययन प्राधिकरणसँग जग्गा लिजमा लिएर पम्प निर्माणको काम अघि बढाएको हो ।

निगमले पम्प निर्माणको लागि प्राधिकरणसँग २६ हजार १ सय ९० स्क्वयर मिटर जग्गा उपलब्ध गराउने सहमति गरिसकेको छ । अध्ययन अनुसार ४ वटा ट्याङकी रहने आर्कीक्राफ्ट कम्पनीले जनाएको छ । प्रत्येक ट्याङकीको क्षमता २५ सय किलोलिटर हुनेछ । जसअनुसार ४ ट्याङकीको कुल क्षमता १० हजार ६ सय ८० किलोलिटर हुनेछ ।

Advertisement
Advertisement

४ वटा ट्याङकीले ६ हजार ४ सय ९६ स्क्वयर मिटर क्षेत्रफल ओगट्नेछ । विमानस्थलमा १३ वटा ट्याङकर पार्किङ हुनेछ भने ट्याङकर लोडिङ र अनलोडिङ बेस ३ वटा हुनेछ । यस्तै रिफिल ट्याङक पार्किङ ७ वटा हुनेछ ।

पम्पमा अनलोडिङ, कार्यालय क्षेत्र, अन्य सम्पर्क कार्यालय, आकस्मिक एक्जिट, डिजास्टर म्यानेजमेन्ट, भेकल्स मेन्टेनस लगायत ७ वटा गेट रहनेछ । जहाजमा इन्धन भर्नको लागि पम्पबाट ट्याङकरले ३ सय मिटर दूरि गुड्नु पर्नेछ ।

निगमले पम्प निर्माणमा प्रारम्भिक चरणको मात्र काम गरेको नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले बताए । अहिले प्रारम्भिक चरणको काम भैरहेको छ, खर्च समय कति लाग्ने भन्ने विषय टुङगो लागिसकेको छैन, निर्देशक भट्टराईले भने-पम्प अन्तर्राष्ट्रिय मापदण्दको हुने भएकोले सबै तहको स्वीकृति लिनुपर्छ ।

Advertisement

तत्कालका लागि भने निगमले ट्याङकरबाटै इन्धन उपलब्ध गराउने तयारी गरेको छ । यसको लागि ट्याङकर र रिफ्युलरको व्यवस्थापनमा जुटिसकेको छ । अहिले विमानस्थलको धावन मार्गको काम अन्तिम चरणमा पुगेको छ भने आउँदो असारमै परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top