विराटनगर, चैत २५
लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
जसअनुसार लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्वाचित भएका छन् । जिल्ला परिषद ३२५ ए १ को अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।त्यस्तै उपाध्यक्षमा सब्रीन राज गौतम निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मुकेश पौडेल र कोषाध्यक्षमा डोल्मा श्रेष्ठलाई मनोनीत भएका छन् ।
लायन्स जिल्ला परिषद ३२५ ए १ को गभर्नरमा इन्द्र खत्री राजन, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा टंक श्रेष्ठ तथा द्वितीय भाइस गवर्नरमा रेवत बहादुर कार्की निर्वाचित भएका छन्। नयाँ कार्यकाल अंग्रेजी महिनाको जुलाई १ तारिक बाट लागू हुनेछ।