बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेलको संलग्नता

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेलको संलग्नता

काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको पाइएको छ।

सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नामा ललितानिवास परिसरमा जग्गा छ।

पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.