आईपीएल : मुम्बईको जितको ह्याट्रिक,राहुलको शतक खेर

एजेन्सी, चैत २८
इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ । बुधबार राती मुम्बईको घरेलु मैदान वानखडेमा सम्पन्न खेलमा वेस्ट इन्डिजका काइरान पोलार्डले विष्फोटक ब्याटिङ गरेपछि किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सले ३ विकेटको रोमान्चक जित हात पारेको हो ।

१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका जितमा नायक बनेका कार्यवाहक कप्तान समेत रहेका काइरन पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै ८३ को विष्फोटक ब्याटिङ गरेपछि मुम्बईको जित संभव बनेको हो ।

मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा ३२ रन चाहिएको थियो । १९ औं ओभरमा पोलार्डले साम करनलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल १७ रन बटुलेपछि खेल रोमान्चक मोडमा पुग्यो । जितको लागि अन्तिम ओभरमा मुम्बईलाई १५ रनमा चाहिएको थियो । अकिंत राजपुतको पहिलो बलमै नो बलमा पोलार्डले छक्का प्रहार गरे । फ्रिहीट बलमा पोलार्डले चौका प्रहार गरे । दोस्रो बलमा पोलार्डलाई डेविड मिलरले बाउन्ड्री नजिकै क्याच लिएपछि खेल अझ रोमान्चक मोडमा पुग्यो ।

Advertisement

तेस्रो बल जोशेफ अल्जारीलाई डट गराए । चौथो बलमा एक रन दिए । पाँचौ ओभरमा १ रन दिए । अन्तिम ओभरमा जोशेफले २ रन लिएपछि मुम्बई विजयी भएको हो । जोशेफ १५ रनमा अविजित रहे । मुम्बईका लागि ओपनर क्विन्टन डी कक २४, सिद्धेश लाड १५,सुर्य कुमार यादव २१, हार्दिक पान्ड्या १९ र इशान किशन ७ रनमा आउट भए । पन्जावका लागि मोहम्मद सामीले ३,रविचन्द्र आश्विन,साम कुरन र अंकित राजपुतलले समान १ विकेट लिए ।

Advertisement

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपनि त्यो जितको लागि प्राप्त रहेन । राहुल ६४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे पनि त्यो शतक खेर गयो। राहुलले १९ औं ओभरमा हार्दिक पान्ड्यालाई ३ छक्का र १ चौका प्रहार गर्दै कुल २५ रन बटुलेका थिए ।

त्यस्तै अर्का ओपनर क्रिस गेलले मात्र ३६ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । सुरुवात देखिनै आक्रमक रुपमा प्रस्तुत भएका गेलले ५ र्औ ओभरमा जोसन बेहरनडोफलाई ३ छक्का र १ चौका प्रहार गर्दै २३ रन बटुले।गेल र के एल राहुलले पहिलो विकेटका लागि १२।५ ओभरसम्म १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साभेदारी बेहरनडोफलेनै क्रुनाल पान्ड्याबाट गेललाई क्याच गराउँदै तोडेका थिए । पन्जावका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । करुण नायर ५, डेविड मिलर ७ र साम करन ८ रनमा पेभिलिएन फर्के ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५७ रन खर्चिदा २ विकेट हात पारे । त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट आफ्नो नाममा लेखाए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top