विराटनगर, चैत २८
विराटनगर वडा नम्बर १७ का संघीय समाजवादी फोरमबाट वडा सदस्यमा निर्वाचित दुई जना सहित सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार नबबर्ष २०७६ को अवसरमा वडा नम्बर १७ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्य मोहन चौधरी र बसन्ती बुढा संघीय समाजवादी फोरम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टी प्रवेश गराए । यस्तै संघीय समाजवादी पार्टी परित्याग गरी १ सय ५० जना अन्य कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउदै अर्यालले प्रवेशीहरुको क्षमता र दक्षता अनुसार पार्टीमा स्थान दिने बताए ।