×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आठौं राष्ट्रिय खेलकुदका लागि ओलम्पिक मसाल यात्रा सुरु

२९ चैत्र २०७५

विराटनगर, चैत २९
आठौं राष्ट्रिय खेलकुदका लागि विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक मसाल लगिएको छ । आठौं राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा खेलकुदको उद्घाटन भएको छैन ।

सुदूरपश्चिमाञ्चलको नेपालगञ्जमा वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक मसाल विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement

उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ । उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिए जाने छन् ।

Advertisement

उक्त ओलम्पिक टर्चको प्रज्वलन कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिएका थिए । विराटनगरको सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद २०७३ सालमा सम्पन्न भएको थियो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top