×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नयाँ वर्षमा घुमफिरः यी हुन् सातै प्रदेशका लायक गन्तव्य, प्रदेश नम्बर १ मा कुन कुन ?

२९ चैत्र २०७५

काठमाडौं । २०७५ लाई बिदाई गर्दै ०७६ लाई स्वागत गर्ने तयारीमा सम्पूर्ण नेपालीहरु जुटेका छन् । बितेको वर्षको नराम्रो कुरालाई बिर्सिदै सकारात्मक सोचलाई अघि बढाउने नयाँ वर्षमा मानिसहरु केहि न केहि गर्न रुचाउँछन् ।

विशेषगरी नयाँ वर्षमा इष्टमित्र, साथीभाई जम्मा भएर रमाइलो गर्ने र नयाँ स्थानमा घुम्ने संस्कार नेपाली समाजमा बढ्दै गएको छ । नयाँ स्थानको भ्रमणले निश्चयनै मासिमा नयाँ चेतनाको विकास हुन्छ । अझ भनौं नयाँ ज्ञानको मुहान फुट्छ । नयाँ वर्षमा घुम्नका लागि लामो दुरी भन्दा पनि छोटो दुरीको स्थल उपयुक्त हुन्छ किनभने यसमा घुम्ने भन्दा पनि बढी रमाइलो गर्ने प्रचलन रहेको छ । रमाईलोको लागि निम्न स्थानहरु छान्नुभयो भने सहि हुनेछ ।

Advertisement
Advertisement

एक नम्बर प्रदेश 
भेडेटार
प्रदेश नम्बर १ को उत्कृष्ठ पर्यटन गन्तव्यका रुपमा स्थापित छ भेडेटार । धरानबाट १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा छ । तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न भेडेटार विख्यात छ ।

भेडेटारको भ्यू टावर अर्थात चाल्र्स प्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ । बिराटनगर, इटहरी, धरान लगायतका शहरी बासिन्दाका लागि भेडेटार नयाँ बर्ष मनाउने उत्कृष्ठ थलो हुन सक्छ ।

इलामको कन्याम
पूर्वी नेपालको उत्कृष्ठ पर्यटन गन्तव्य हो इलामको कन्याम । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम नेपालकै उत्कृष्ठ चिया बगान भित्र पर्छ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु घुम्न र वनभोज गर्न कन्याम आउँछन् ।

पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन् । पूर्वी नेपाल अर्थात एक नम्बर प्रदेशका लागि कन्याम नयाँ बर्ष मनाउने राम्रो ठाउँ हो ।

२ नम्बर प्रदेश 
जनकपुरधाम
प्रदेश नम्बर २ का लागि नयाँ बर्ष मनाउने उत्कृष्ठ गन्तव्य भनेको जनकपुरधाम नै हो । सिताको जन्मभूमि भएकाले पनि हिन्दु धर्मावलम्बीहरुका लागि जानकी मन्दिरले बिशेष महत्व राख्छ । त्यस बाहेक मिथिला संस्कृतिको केन्द्र बिन्दुका रुपमा समेत स्थापीत छ जनकपुर । भारतको टीकमगढकी राजकुमारी कुमारी वृषभानुद्वारा निर्माण गरिएको जानकी मन्दिर छ । ९ लाख रुपैंयाँ खर्चेर मुगल शैलीमा बनाईएको मन्दिरलाई नौलाख मन्दिर समेत भन्ने गरिएको छ ।

जनकपुरधामको बारेमा एउटा उखान नै छ–‘५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा ।’ बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत–पाप सर आदि हुन् कुण्डहरुले जनकपुरलाई रमणीय बनाएको छ ।

३ नम्बर प्रदेश 
नगरकोट
काठमाडौंबाट ३२ किलोमिटर दूरिमा रहको नगरकोट नयाँ वर्षको आकर्षक गन्तव्य हो । यो क्षेत्र विशेषगरी ‘सुर्याेदय’ हेर्नका लागि प्रख्यात रहेको छ । नगरकोटबाट अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल, रोल वालिङ, सगरमाथा लगायत हिमश्रङखला देख्न सकिन्छ । राजधानीका युवायुवतीहरु यस क्षेत्रमा भ्रमण गर्न निकै रुचाउँछन् ।

सुन्दरीजल
हाइकिङ गर्न रुचाउनेका लागि सुन्दरीजल अर्को आकर्षक गन्तव्य हो । जंगलको बाटो हुदैं झरना हेर्न सकिने यस यस स्थलको विशेषता हो । समुन्द्र सतहदेखि १२ सय मिटरको दुरिमा रहेको यो स्थलमा सुन्दरीजलबाट सुरु भएर ओखेरी र चाँगुनारायणबाट सुन्दरीजल आउने प्रमुख रुट हो ।

चन्द्रागिरी
समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ, चन्द्रागीरी डाँडो जहाँ छ भालेश्वर मन्दिर । यो त्यहि ठाउँ हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए ।

पृथ्वीनारायण शाहले सपना देखेको त्यहि चन्द्रगिरि डाँडोमा बसेर यतिबेला बर्षेनी लाखौं आगन्तुकले सपना देखिरहेका छन् । काठमाडौं उपत्यका आसपासका लागि नयाँ वर्ष मनाउने उत्कृष्ठ गन्तव्य बन्न सक्छ चन्द्रागीरी ।
 
सौराहा

नयाँ वर्षका लागि चितवनको सौराह पनि घुम्न लायक एउटा गन्तव्य हो । जंगल सफारी र थारु संस्कृति हेर्न पाइने सौराहमा प्रकृतिको छुट्टै आनन्द लिन पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको सौराहाको जंगल सफारीमा हात्ति, गैँडा, बाघ, भालु, चितुवा, मयुर जस्ता जंगली जनावरहरुको अवलोकन गर्न सकिन्छ ।
आफ्नै मौलिकताले भरिएको थारु संस्कृतिलाई नजिकबाट नियाल्न पाइन्छ ।

गण्डकी प्रदेश
पोखरा
नेपालको दोस्रो ठूलो शहरको रुपमा परिचित पोखरा घुम्नको लागि उत्कृष्ट गन्तव्य हो । समुन्द्र सतहदेखि २७ सय १३ फिट उचाइमा रहेको यो शहरमा घुम्नको लागि प्रसस्त स्थानहरुको रहेका छन् । पोखरामा फेवाताल, बिन्दावासेनी मन्दिर, बेगनास ताल, महेन्द्र गुफा, डेभिट फल्स, विश्व शान्ती स्तुप, साराङकोट लगायत सुन्दर स्थलहरु रहेका छन् । सारङकोटबाट साहसिक रुपमा गर्न सकिने प्याराग्लाइडिङ, जिपफ्लायर समेत रहेका छन् ।

साराङकोटबाट अन्नपूर्ण, धौलागिरी, मनस्लु, माछापुच्छ्रे लगायत हिमश्रृङखलाहरु देख्न सकिन्छ । साथै सनराइजको दृष्य पनि साराङकोटबाट हेर्न सकिन्छ । पोखराको प्रकृतिक सुन्दरता मात्र नभएर मौसमको हिसाबले समेत उत्कृष्ट रहेको छ ।

मनकामना
धार्मिक आस्थावन व्यक्तिका मनकामना उत्कृष्ट गन्तव्य बन्न सक्छ । समुन्द्र सतहदेखि ४ हजार २ सय ७२ फिटमा अवस्थित मनकामना मन्दिर गोर्खा जिल्लाको पवित्र स्थल हो । मनले सोचेको र आँटेको पुग्ने धार्मिक विश्वास रहेको छ । नयाँ वर्षमा मनकामना गएर इच्छाएको काम गर्न प्रण गरे पूरा हुने विश्वास आस्थितक नेपालीमा देखिन्छ ।

काठमाडौं, पोखरा, चितवन लगायत सहरी क्षेत्रबाट एकै दिनमा मन्दिर पुगेर फर्कन सक्ने, २ हजार ७ सय मिटर केबुलकारको यात्रा गरेर आनन्द लिन सकिने भएकोले मानिसहरु ठूलो संख्यामा मनकामना पुग्ने गरेको छन् ।

लमजुङ घलेगाँउ
स्मार्ट भिलेजको रुपमा परिचित लम्जुङ घलेगाँउ होमस्टेको एक सफल गाँउ हो । गुरुङ समुदायको बाहुल्यता भएको यस गाउँ नयाँ वर्षको दिन घुम्नको लागि उपयुक्त गन्तव्य हो । ३२ घरमा सञ्चालित घलेगाँउ होमस्टे समुन्द्र सतहदेखि २१ सय मिटरमा अवस्थित रहेको छ । विशेषगरी खशीको सुकुटी, लोकल कुखुराको मासु, ढिडो, अर्गायानिक तरकारी यस ठाउँको खानेकुराको विशेषता हो । यस गाउँबाट सुर्योदय, विभन्नि हिमालको दृष्य हेर्न सकिन्छ ।

घलेगाँउबाट करिब १ घण्टा पैदल बाटो हुँदै पुग्न सकिने अर्को भुजुङ गाउँ निकै रमणीय रहेको छ । परबाट हेर्दा घरमाथि घर खापिएको देखिने यस गाउँमा पनि होमस्टे रहेको छ । भिरमा अडिएको गाँउ तल टारी खेत र झरना यस गाउँको मुख्य आकर्षण हो ।

५ नम्बर प्रदेश 
लुम्बिनी
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । यहाँ इसापर्व २४९ मा मौर्य सम्राट अशोकले स्तम्भ बनाउका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ ।

यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीका रुपमा स्थापीत भएको हो । विश्व सम्पदा सूचिमा समावेश भएको लुम्बिनी नयाँ बर्षका लागि घुम्न सकिने एउटा राम्रो गन्तव्य हो ।

कर्णाली प्रदेश
बुलबुले ताल 
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको बुलबुले ताल एक रमणिय पर्यटन गन्तव्य हो । सुर्खेत उपत्यका बासीका लागि नयाँ बर्ष मनाउने यो राम्रो गन्तव्य हुन सक्छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो ।

यो ताल समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ । बुलबुले ताल र कांक्रेबिहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अबस्थित छ ।

काँक्रे बिहार 
प्रदेश नम्बर ६ सुर्खेत बिरेन्द्र नगर पालिका ९ मा पर्ने काँक्रेबिहार १ सय ७५ हेक्टर जमिनमा फैलिएको छ । काँक्रे बिहार भित्र प्राचिनकाल देखी निमाण गरिएका बिभिन्न मोडलका देवल, मूर्ति, कुवा, ईनार ढुंगाबाट बनाईएका देबी देउताका मूर्तिहरु लगाएत पुरातात्विक महत्वका वस्तु हेर्न पाइन्छ ।

सन् १३२५ मा सिंजा जुम्लाका राजा अशोक मल्लले कांक्रेबिहार बनाएको अभिलेखमा उल्लेख छ । काँक्रे बिहारलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा गन्तव्यका रुपमा लिइन्छ ।

सुदुरपश्चिम प्रदेश
कर्णाली पुल
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व–पश्चिम राजमार्गको भाग हो । कर्णाली पुल सुदुर पश्चिम प्रदेशमा पर्छ । सन् १९९३ मा निर्माण सम्पन्न गरिएको यो पुल सदुरपश्चिम तराईको महत्वपूर्ण पर्यटन गन्तव्य हो ।

यो तार पुल हो जसको बिचमा ठूलो खम्बा हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यो पुलको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।

गोडाघोडी ताल
कैलाली जिल्लाको वनबहेडा र सुखडको बिचमा जंगलमा पर्छ । यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा समुन्द्री सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराई भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यो ताल सुदुरपश्चिम क्षेत्रका लागि नयाँ बर्ष मनाउने आकर्षक पर्यटकिय गन्तव्य हो ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top