एजेन्सी, चैत २९
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज कोलकाता र दिल्ली क्यापिटल्स भिँड्दैछन् । कोलकाता विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कोलकाताको नयाँ पिच इडेन गार्डेनमा हुने खेलमादिल्लीले सन्दीप लामिछानेको स्थानमा किमो पाउललाई टिममा स्थान दिएको छ ।यसअघिका लगातार चार खेल खेलेका सन्दीपले आज कोलकाता विरुद्ध विश्राम लिएका हुन् ।
यसअघि चार खेलमा सन्दीपले ५ विकेट लिएका थिए । जसमा पछिल्लो खेल बैङलोर विरुद्ध एक विकेट लिएपछि ४६ रन खर्चिएका थिए ।