×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

‘ए मेरो हजुर ३’ ले गर्यो बम्पर ओपनिङ : देशैभर हाउसफुल

३० चैत्र २०७५

काठमाडौँ, चैत ३०
यस वर्ष नेपाली फिल्मको लागि सुखद् भएन । तीन फिल्म सुपरहिट हुन सफल हुँदा आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । नेपाली फिल्मको व्यापार ओरालो लाग्न थालेको र दर्शक हराएको चर्चा भइरहँदा चैतको अन्तिम शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले भने आशा देखाएको छ । फिल्मले पहिलो दिन बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ ।

पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठी बताउँछन् ।उनले फिल्मको ‘फस्ट डे’ अकुपेन्सी ‘छक्का पञ्जा ३’ कै आसपास रहेको दाबी गरका छन् । राठीले भने , ‘फिल्मले नसोचेको ओपनिङ गरेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्स कहीँ कतै बिहानदेखि दर्शकको उपस्थिति न्यून देखिएन । यो ‘छक्का पञ्जा ३’ पछिकै बम्पर ओपनिङ हो ।’

Advertisement
Advertisement

मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको र मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेकोवितरक राठीको भनाई छ ।

फिल्मले भोली शनिबार र नयाँ वर्षको दिन आइतबार पहिलो दिनको तुलनामा चार गुणा राम्रो व्यापार गर्ने उनको विश्वास छ । पहिलो दिन नै फिल्मले आक्रामक सुरुवात गरेपछि मल्टीप्लेक्सहरुले आइतबारबाट सोजमा पनि वृद्धि गरेका छन् । सिंगल थिएटरहरु पनि बिस्तारै बढ्ने राठी बताउँछन् । उनले फिल्मको पहिलो दिने कलेक्सन शनिबार दिउँसो थाहा हुने बताए ।

फिल्म ‘क्याप्टेन’ ले अपेक्षाकृत ओपनिङ गर्न चुकेपछि धेरैले अभिनेता अनमोल केसीको स्टारडममाथि प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङले उनको स्टारडममाथि शंका गर्नेलाई पनि गतिलै जवाफ फर्काएको छ । मध्यान्तरअघि दर्शकलाई हँसाउनकै खातिर राखिएको दोहोरो अर्थ जनाउने संवादका कारण भने फिल्मको राम्रै आलोचना भइरहेको छ । यद्यपि, दर्शकको ठूलो वर्गलाई भने फिल्म मनपरेको छ । समीक्षकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।

Advertisement

फिल्म हेर्ने अधिकांश दर्शकले डेब्यू गर्ल सुहाना थापाको तारिफ गरेका छन् । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।(फिल्मि खबरबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top