एजेन्सी, चैत ३०
मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा आज यूएईसँग खेल्दै छ ।
मलेसियाको क्वालालाम्पुरमा हुने खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । नेपालको प्रमुख प्रतिस्पर्धी मानिएको जारी प्रतियोगितामा यूएईलाई हराउन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेटमा छनोटको हुने नेपालको सम्भावना बलियो छ ।
शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेट खेल्ने छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।